काठमाडौं – कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका पाँच सय प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण भएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार खोप लगाइसकेका ५ सयभन्दा बढीमा सङ्क्रमण देखिएको हो । हाल सङ्क्रमित प्रहरीका सातजना आईसीयूमा र १ सय १३ जना अस्पतालमा उपचार गराइरहेका छन् ।
५ सय १४ जना होम आइसोलेसन र संस्थागत आइसोलेसन सेन्टरमा छन् । हालसम्म सङ्क्रमणमुक्त भएर ७ हजार ७ सय १४ जना काममा फर्किसकेका छन् । सङ्क्रमणबाट हालसम्म १० जना प्रहरीले ज्यान गुमाएका छन् । प्रहरीमा १५ हजार ३ सय ४८ जनाले दोस्रो चरणको खोप लिइसकेका छन् ।