काठमाडौं – मुलुकभर कोरोना महामारीले गाँजेको बेला सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना सङ्क्रमित बिरामीको उपचार निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना सङ्क्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको सह–प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिनुभएको छ ।
आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई मन्त्रालयले दिने भएको छ । मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरुले कोरोना सङ्क्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्नेछ ।