कास्की – गण्डकी प्रदेशको पुनर्गठित मन्त्रिमण्डलमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पुरानै अनुहारलाई पुनरावृति गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले आज मन्त्रिमण्डल पुनर्गठन गर्नु भएको हो । आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी किरण गुरुङलाई दिए बाहेक अन्य मन्त्रीहरुको जिम्मेवारी तोकिएको छैन । आज मन्त्रीहुने विकास लम्साल, रामशरण बस्नेत, नरदेवी पुन मगरले शपथ समेत लिएका छन् ।
मुख्यमन्त्री गुरुङले दुई मन्त्रालय फोरेर राजनीतिक भागबण्डा मिलाउँदै आफुलाई बलियो बनाउने प्रयास गर्नु भएको छ । आठ वटा मन्त्रायल रहेको प्रदेशमा मुख्यमन्त्री गुरुङले दुई मन्त्रालयलाई टुक्र्याएर १० वटा मन्त्रालय बनाउनु भएको छ । केही हप्ता मात्रै मन्त्री बनाइएका गुण्डा नाइके भनिएका राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले अहिले पनि मन्त्री पद हत्याउन सफल भएका छन् । उनले आज शपथ लिएका छैनन् ।