काठमाडौं– आज नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ८९ जनाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेर घर फर्किएका छन् । एकैदिन कोरोना भाइरसको सङ्क्रमणलाई जितेर घर फर्किनेको यो नै आजसम्मको ठूलो सङ्ख्या हो ।
यसैगरी आज २४ घण्टामा देशभर ८ हजार १ सय ७३ जना नयाँ सङ्क्रमित थपिदा २ सय ४६ जनाले कोराना भाइरस सङ्क्रमणको कारण ज्यान गुमाएका छन् । योसँगै नेपालका कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५ हजार ६५७ पुगेको छ ।
यता काठमाडौं उपत्यकामा भने निषेधाज्ञामा भएको कडाइका कारण कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा केही न्यून देखिन थालेको छ । उपत्यकामा आज २ हजार ४ सय ८६ जना कोरोना भाइरसबाट सङक्रमित भएका छन् । जसमध्ये काठमाडौंमा १ हजार ९ सय ८८ जना, ललितपुरमा २ सय ७० जना र भक्तपुरमा २ सय २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।