काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार तीन दर्जन भन्दाबढी जिल्लामा कोरोनाका ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । मन्त्रालयका अनुसार ती जिल्लाहरु अन्तर्गत मोरङ, सुनसरी झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, काठमाडौं उपत्यकाका तीन जिल्ला– काठमाडौं, भक्तपुर र ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, रामेछाप, कास्की, गोरखा, नवलपुर, तनहुँ, स्याङ्जा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी, सल्यान, सुर्खेत, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र अछाम रहेका छन् । यस्तै २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्लाहरुमा ताप्लेजुङ, उदयपुर, धनकुटा, सङ्खुवासभा, सर्लाही, सिरहा, दोलखा, रसुवा, पर्वत, म्याग्दी, लमजुङ, रोल्पा, दैलेख, जाजरकोट र रुकुम पश्चिम रहेका छन् । हाल यी सबै जिल्लामा निषेधाज्ञा लगाइएको छ ।