काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार २ सय ३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै १ सय ९६ जनाको सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ९ हजार २ सय ४७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो भने २ सय १४ जनाको मृत्यु भएको थियो । ्आज मङ्गलबार भने पीसीआर विधिबाट २० हजार २ सय ८६ र एन्टिजेन विधिबाट ६ सय ९३ जनाको स्वाब परीक्षण भएकोमा कुल ८ हजार २ सय ३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना निको हुनेको संख्या ६ हजार ८ सय ९१ रहेको छ । यस्तै देशभर सक्रिय सङ्क्रमितको संख्या १ लाख १४ हजार ५ सय २९ पुगेको छ भने मृतकको कुल संख्या ५ हजार ४ सय ११ पुगेको छ ।