काठमाडौं– केही समय अघिमात्र सुरु भएको एमालेको विवाद समाधान कार्यदलको बैठक सकिएको छ । वरिष्ठ नेता नेपाल पक्षका नेता भीम रावलका अनुसार सिंहदरबारमा आज बसेको पहिलो बैठकले पार्टीमा एकअर्काप्रति अन्तरविरोध पैदा हुने काम नर्गन मौखिक सहमति भएकोे छ । बैठकले आफ्नो कार्यक्षेत्र र कार्यविधि आचारसंहिता तत्काल लागु गर्नेछ ।
नेता रावलले पार्टीमा देखिएको समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टी पङ्क्तिलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले सहयोग गर्न सबैलाई आग्रह गरिएको जानकारी दिनुभयो । उनले भने । आजको कार्यदल बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल कार्य व्यस्तताको कारण सहभागी हुन नसकेको नेता रावलले जानकारी गराउनु भयो । उक्त कार्यदलको दोस्रो बैठक भोलि बस्ने भएको छ ।