काठमाडौं – जनता समाजवादी नेपाल (जसपा)को उपेन्द्र यादव समूहले दुई अध्यक्षबीचको सहमति विपरित राजेन्द्र महतोलाई नै संसदीय दलको नेता चयन गरेको छ । जसपा नेपालले सङ्घीय संसद सचिवालयलाई सहमति विपरितको काम भएको भन्दै आपत्ति जनाएको छ । जसपा नेपालका कार्यकारी सदस्य मोहम्मद इस्तियाक राईले दुईजना अध्यक्षको बीचमा भएको सहमति विपरित पार्टीका वरिष्ठ नेता महतोलाई नै संसदीय दलको नेता रहेको जानकारी गराउने काम अर्को पक्षबाट भएको दावी गरे । उनले भने, ’अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच गुटबन्दी बैठकबाट भएका निर्णय खारेज गर्ने सहमति भएको हो । तर सो सहमति विपरित महतो संसदीय दलको नेतामा चयन भएको भनि अध्यक्ष ठाकुरले हस्ताक्षर गरेको पत्र सचिवालयमा दर्ता गराइएको छ, यो पार्टी एकतालाई भाँड्ने नियत हो ।’
पार्टीको एकता कायम राख्न प्रयास हुँदाहुँदै संसदीय दलको बैठकबाट निर्णय भएको भन्दै संघीय संसद सचिवालयलाई जानकारी गराउने कार्य एकता विरोधी हर्कत भएकाले यसलाई अध्यक्ष ठाकुरले सच्याउनुपर्नेमा उनले जोड दिएका छन् । यादव पक्षका उनले भनेका छन्, ’यो पत्र पनि फर्जी रहेको छ, पत्रमा १ गते लेखिएको थियो, आज दुईजना अध्यक्षको बीचमा सहमति हुने बित्तिकै हतार–हतारमा १ लाई ४ बनाएर संसद सचिवालयमा दर्ता गराएको देखिन्छ । पत्रमा महन्थ ठाकुरको हस्ताक्षर रहेको छ । दुईजना अध्यक्षबीच वार्ता सुरु हुनुभन्दा पहिला नै सो पत्र तयार गरेर राखेको थियो । यता सहमति भएको विज्ञप्ति जारी हुने बित्तिकै दर्ता गराइएको छ । यसले पार्टी एकतावद्ध नरहन पनि सक्छ ।’