काठमाडौं – जनता समाजवादी पार्टीले आफ्नो दलको संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको पत्र संसद सचिवालयमा पठाएको छ । पार्टीको गत वैशाख ३० गते बसेको बैठकले जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा महतोलाई चयन गरेको जानकारी संसद सचिवालयमा गराइएको छ । पार्टीले आज मङ्गलबार बैठक बसी आफ्नो नेतृत्वमा बाहेक सरकारमा नजाने पनि स्पष्ट गरेको छ ।