काठमाडौं – जनता समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको सहमतिमा जेठ ८ र ९ गतेका लागि बैठक बोलाइएको हो । बैठक बिहान ११ वजे पार्टी कार्यालय बालकुमारीमा बस्नेछ । यसअघि चैत ५ गते बोलाइएको कार्यकारिणी समितिको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको थियो । बैठक पटक पटक राख्ने प्रयास भएको थियो तर पार्टीको आन्तरिक विवादका कारण बैठक बस्न सकिरहेको थिएन ।