काठमाडौं – पछिल्लो २४ घण्टामा २२ हजार ८७ जनामा नमुना परीक्षणमा ९ हजार २ सय ४७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५ हजार ७ सय ६७ जना सङ्क्रमणमुक्त भएका छन् । पीसीआर विधिबाट २१ हजार ६ सय ३५ र एन्टिजेन विधिबाट ४ सय ३४ जनाको परीक्षण गर्दा ९ हजार २ सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोे छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार ३ सय ४६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा २ सय ९८ र ललितपुरमा ४ सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै काठमाडौंमा सक्रिय सङ्क्रमितको संख्या २८ हजार नाघेको छ भने ललितपुरमा ७ हजार र भक्तपुरमा ५ हजारमाथि रहेको छ ।