काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जना कोरोना सङ्क्रमित थपिएका छन् । गत २४ घण्टामा ५ हजार ७ सय ६७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । गत चौबीस घन्टामा २१ हजार ६ सय ५३ पीसीआर तथा ४ सय ३४ एन्टिजेन परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा थप २ सय १४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय सङ्क्रमितको संख्या १ लाख १३ हजार ४ सय ८० रहेको छ भने आजमात्रै ९ हजार २ सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ भने निको हुने संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६७ जनामा सङ्क्रमणमुक्त भएका छन् ।