काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार साँझ मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । उहाँले बालुवाटारमा बैठक बोलाउनु भएको छ । यो नियमित बैठक हो । सोमबारको बैठकमा कोरोना उपचार सामग्री र नियन्त्रणका लागि आवश्यक खोप खरीदसँग सम्बन्धित कानुन संशोधन गर्न अध्यादेश ल्याउने विषयमा पनि छलफल हुने बुझिएको छ ।