काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका–११ स्थित नेपालटारमा १७ वर्षीय किशोरले गएराति आत्महत्या गरेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–५ घर भएका रुपेश अधिकारीले मध्यराति शौचालयमा गलबन्दीको पासो लगाएर देह त्यागेका हुन् । बिहान भाइ शौचालय जाँदा चुकुल नखुलेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शौचालयको ढोका फुटाएर शव निकालेको छ । ‘बिहान हामी पुग्दा पनि फोन बजिरहेको थियो’ घटना अनुसन्धान गरिरहेका महानगरीय प्रहरी वृत्तका अनुसार, आएका र मृतकले गरेका कलहरू विश्लेषण गरिरहेका छौं ।’
रुपेशका बुवा पूर्व प्रहरी हुन् । हवल्दारबाट अवकाश लिएर उनी परिवारसँगै बस्दै आएका छन् । गएराति १२ देखि १ बजेको बीचमा उनले आत्महत्या गरेको बताइएको छ । रुपेशको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) बस्नेतले जानकारी दिएका छन् । उनले भने, ‘आत्महत्या गर्नुको कारणबारे अनुसन्धान गर्दै छौं ।’