रासस
काठमाडौं –प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य रामचन्द्र रिजालको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । तत्कालीन काङ्ग्रेस गुल्मी क्षेत्र नं ३ का पूर्वसभापति रिजालको यही जेठ १ गते भैरहवामा उपचारका क्रममा ८२ वर्षका उमेरमा निधन भएको थियो ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत इश्मा गाउँ कार्यसमितिका पूर्वसभापति रिजालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको सक्रिय योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ ।