काठमाडौं – नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले विज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस सङ्क्रमणको बारे आफ्नो विज्ञताभन्दा बाहिर गएर नबोल्न आग्रह गरेको छ । परिषद्ले आइतबार सूचना जारी गर्दै परिषदमा दर्ता भएका स्वास्थ्यकर्मीलाई आफ्नो विज्ञता भएका विषयमा मात्र सार्वजनिक रुपमा बोल्न र सुझाव दिन सूचित गरेको हो ।

“स्वास्थ्यकर्मीहरुले आफ्नो लेख, भनाई, अन्तर्वार्ता आदिमार्फत् आफ्नो विज्ञता बमोजिमको विचार प्रस्तुत् गर्दा आफूले प्राप्त गरेको ज्ञान र वैज्ञानिक तथ्यका आधारमा मात्र व्यक्त गर्न अनुरोध छ । आफ्नो विज्ञताभन्दा बाहिरको विषयमा सार्वजनिक रुपमा राय दिन तथा रोगको उपचार, निदान इत्यादि विषयमा राय प्रस्तुत गर्दा आफू दर्ता भएको परिषदले दिएको विषय र कार्यक्षेत्रको दायरमा भित्र रहेर गर्नुहुन स्मरण गराइन्छ,” नेपाल स्वास्थ्य व्यवसायी परिषद्द्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।