काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ३ सय ६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार ३ सय १६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको छ । 

उपत्यकाभित्र भक्तपुरमा २ सय ९२, ललितपुरमा ४ सय ३६ र काठमाडौंमा १ हजार ८ सय ८१ जना गरी जम्मा २ हजार ६ सय ९ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा.गौतमले जानकारी दिनुभएको छ । यसैगरी आज सङ्क्रमणका कारण १ सय ४५ जनाको मृत्यु भएको पनि उहाँले जानकारी दिनुभएको छ ।