काठमाडौं– मुलुकभर आज पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट देशभर १ सय ८७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइसरको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ हजार ८ सय ५६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १७ हजार ९ सय ७१ जनाको पीसीआर तथा ५ सय ७७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा शनिबार थप ८ हजार १ सय ६७ जनामा कोरोना भाइरस सङ्क्रमित पुष्टि भएको हो ।
कोरोना भाइसरबाट सङ्क्रमितहरु हुने कुल सङ्ख्यामध्ये आज ५ हजार ४ सय ५५ जनाले सङ्क्रमणलाई जितेर घर फर्किएका छन् । योसँगै हालसम्म कोरोनाा भाइरसलाई जितेर घर जानेहरुकोे सङख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ । आज काडमाडौं उपत्यकामा २ हजार ९ सय ३७ जना सङ्क्रमितहरु मध्ये काठमाडौंमात्रै २ हजार १ सय ४६, भक्तपुरमा ३ सय ४७ र ललितपुरमा ४ सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।