काठमाडौं– सरकारले विभिन्न ११ देशका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको राजदूतहरुको सूची संसद् सचिवालयमा सुनुवाइका लागि पुगेको छ । पूर्ववर्ति सरकारले नयाँ राजदूतहरुको सूची सिफारिस गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । सरकारले अष्ट्रियाका लागि निर्मलराज काफ्ले, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, बहराइनका लागि युवराज कार्की, श्रीलङ्काका लागि रमेशचन्द्र पौडेल, अष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, रुसका लागि जङ्गबहादुर चौहान, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी, साउदी अरेबियाका लागि मेराज मुसलमानलाई नियुक्त गरेको छ ।