काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन स्थगित भएको छ । आज बसेको बैठकले देशमा कोरोना भाइरस सङ्क्रमणको महामारी भएका कारण महाधिवेशन स्थगित गर्ने निर्णय गरिएको कुरा प्रेस विज्ञप्तिमाफ्त जानकारी गराइएको होे । स्थगित भएको महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त बैठकले स्वास्थ्य सामग्री तत्काल जुटाउन सरकारसँग माग गरेको छ । “सङक्रमित बिरामीका लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आईसीयु, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युुदर बढिरहेको अवस्थामा निजी क्षेत्रसँगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनैतिक पहल गरि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आवश्यक तदारुकताका लागि राप्रपा सरकारसँग माग गर्दछ,” विज्ञप्तिमा उल्लेख छ, “कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको उपचारमा कठिनाइ भइरहेको र उपचार नपाएर मृत्युवरण समेत गर्नुपर्ने दुःखदायी अवस्था दुर्भाग्यपूर्ण छ, नागरिकको जीवन रक्षाका लागि राज्यका सम्पूर्ण सामथ्र्य प्रयोग गर्न राप्रपा सरकारसँग माग गर्दछ ।”

राप्रपाले कोरोना भाइरस सङ्क्रमणसँग जुधिरहेका आम जनताको सेवामा सुरक्षित रहि परिचालित हुन पार्टीका सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ । बैठकले पार्टीको निर्देशन समिति ५ दिनभित्र गठन गर्ने निर्णय समेत गरेको छ ।