काठमाडौं – पछिल्लो २४ घण्टामा थप ८ हजार ५ सय २० जनामा सङ्क्रमण पुष्टि भएको छ । २१ हजार ४ सय ७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार ४ सय ६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल सङ्क्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको छ ।
 त्यस्तै, सक्रिय सङ्क्रमितको संख्या १ लाख ७ हजार ३ सय ३६ रहेको छ । यही अवधिमा ६ हजार १ सय ३५ जना निको भएका छन् । नेपालमा सङ्क्रमितमध्ये ३ लाख २७ हजार ६ सय ५३ निको भएका छन् । त्यस्तै २ सय ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ४ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ ।