काठमाडौंं –ईश्वर पोखरेलले उपप्रधानमन्त्री पदको सपथ लिनु भएको छ । शीतलनिवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री पदको सपथ खुवाउनु भएको हो । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिनु भएको छ । एमालेको माधव समुह र जसपा नेपालको ठाकुर पक्षलाई सरकारमा सामेल हुन आग्रह गरिएता पनि उहाँहरु सरकारमा सहभागी हुनु भएन ।
राष्ट्रपति भण्डारीले मन्त्रीहरुलाई समेत सपथ खुवाउनु भएको छ । यसअघि अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनु भएको थियो । प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पुर्याएर दाबी पेश गर्न दिएको तीन दिनको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पु¥याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई  संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गर्नु भएको हो ।