काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पद तथा गोपनीयताको शपथ लिनु भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा २:४५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । प्रधानमन्त्री ओलीले मौजुदा मन्त्रिपरिषद्का सबै मन्त्रीहरुलाई नै निरन्तरता दिंदै राष्ट्रपतिद्वारा सोही कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराइएको छ ।