काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय १४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ४ सय ६६ पुगेको छ । यस्तै हाल देशभर सक्रिय सङ्क्रमितको संख्या १ लाख ५ हजार २ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजमात्रै देशभर थप ८ हजार ९ सय ६० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यसअघि बुधबार देशभर ९ हजार ३ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने १ सय ६८ को मृत्यु भएको थियो । 
पीसीआर विधिबाट १९ हजार ४ सय ७४ जना र एन्टिजेन विधिबाट ७ सय ७१ जनाको परीक्षण गर्दा क्रमशः ८ हजार ९ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५ सय १८ जना पुगेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।