काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९ सय ६० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । आज बिहीबार मात्रै थप २ सय १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि हिजो बुधबार देशभर ९ हजार ३ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने १ सय ६८ को मृत्यु भएको थियो ।