काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्किए लगत्तै पार्टी कार्यालयमा स्थायी समिति बैठक बोलाउनु भएको छ । आकस्मिक रुपमा बस्न लागेको बैठक अहिले ५ बजे पार्टी कार्यालयमा बस्दै छ ।