काठमाडौं – एमालेका खनाल–नेपाल पक्षको सामूहिक राजीनामाको धम्की र निर्धारित समय सीमा सकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली लचकताका साथ नेपाल पक्षसँग वार्तामा होमिनु भएको छ । प्रधानमन्त्री एवं नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओली नेता माधवकुमार नेपालसँग वार्ता गर्नका लागि बूढानीलकण्ठ,चपली हाइटस्थित व्यापारी रामेश्वर थापाको घरमा पुग्नु भएको छ । माधव नेपालभन्दा अगाडि पुग्नुभएका अध्यक्ष ओली र नेता नेपालसँग अहिले छलफल भइरहेको छ । अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच आज निर्णायक वार्ता हुने बताइएको छ । प्रधानमन्त्री ओली जेठ २ को अवस्थामा फर्कन तयार नभए सामुहिक राजीनामा दिने माधव नेपाल पक्षको तयारी छ ।