काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता हुने भएको छ । नेता नेपालले प्रधानमन्त्री ओली २०७५ जेठ २ को अवस्थामा फर्कन तयार नभएसम्म आफूहरु सामुहिक राजीनामाको अडानबाट पछि नहट्ने बताउनु भएको छ ।‘ प्रधानमन्त्री ओली र नेपालबीच वार्ता हुँदैछ, कुरा मिल्यो भने ठीकै छ, नभए हाम्रोतर्फबाट सामुहिक राजीनामा आउँछ,’ माधव नेपाल निकट स्रोतले जनाएको छ । यसैबीच, आजै बालुवाटारमा प्रधानमन्त्री ओलीले आफ्नो पक्षको स्थायी कमिटी बैठक राख्नु भएको थियो । सो बैठकले माधव नेपालसहित चार जनाको कारवाही फिर्ता लिने र माधव पक्षसँग सहमति गर्ने सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई दिएको छ ।नेपालले पनि केपी ओलीसँग वार्तामा बस्नुअघि कानुनविदहरुसँग परामर्श लिनु भएको छ ।