काठमाडौं– सगरमाथा ओहोरण गर्ने गएका दुई विदेशी नागरिकको आरोहणका क्रममा मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार अमेरिकी नागरिक पुवे लिउ र स्विट्जरल्याण्डका अब्दुल वारिचको मृत्यु भएको हो । अमेरिकी नागरिक लिउको सगरमाथा आरोहण गर्न जाँदै गर्दा ७ हजार ९ सय मिटरको उचाइमा र स्विट्जरल्याण्डका नागरिक वारिच आरोहण गरेर फर्कने क्रममा चौथो शिविर आइपुगेर बसेको स्थानमा मृत्यु भएको हो । हिमाल आरोहणकै क्रममा अमेरिकी नागरिक लिउको हिँउले आँखाको ज्योति गुम्न पुगेको थियो । उक्त कुराको जानकारी सगरमाथा आधारशिविरस्थित सम्पर्क अधिकृत मीरा आचार्यले जानकारी दिनुभएको हो ।
हिजोसम्म सगरमाथा आरोहणका लागि सहयोगी समेत गरी १ सय ७० जनाले अनुमति लिएका थिए । खराब मौसमको कारण आज आरोहण स्थगित भएको र मौसममा सुधार हुने वित्तिकै आरोहण सुरु हुने सम्पर्क अधिकृत आचार्यले जानकारी दिनु भएको छ ।