काठमाडौं – सत्तारुढ दल नेकपा ९एमाले० ओली समूहको स्थायी कमिटीको बैठक बालुवाटारमा बसिरहेको छ । देशको वर्तमान राजनीतिक परिस्थितिको बारेमा छलफल भैरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । बैठक केहीबेर अघिमात्र सुरु भएको हो ।
बैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसके पछि राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएर गठबन्धनको सरकार निर्माण गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गर्नु भएको थियो । तीन दिनको समय सीमा आज ३० गते बिहीबार मध्यरातबाट सकिंदै छ ।
आजसम्म प्रमुखप्रतिपक्षी दल नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले गठबन्धनको सरकार निर्माण गर्न प्रयत्न गरिरहेको भएता पनि त्यो सम्भावना ज्यादै न्यून देखिएको छ । जनता समाजवादी पार्टीको अध्यक्ष समेत रहेका महन्थ ठाकुर समूहले कुनै पनि सरकारमा सहभागी नहुने स्पष्ट पारिसकेको छ भने सोही पार्टीको उपेन्द्र यादव–डा।बाबुराम भट्टराईले काङ्ग्रेस नेतृत्वमा गठबन्धनको सरकार बनाउने कसरत गरिरहेको छ । नेपाली काङ्ग्रेसको नेतृत्व गठबन्धनको सरकार निर्माण गर्नको लागि दुई वटा मात्र विकल्प रहेको देखिन्छ ।
पहिलो, जसपा विभाजित नभएको अवस्था र अर्को भनेको, एमालेको खनाल–नेपाल समूहका नेताहरुले आजै सांसद् पदबाट राजीनामा दिएको अवस्था । यी दुई विकल्प मध्ये एमालेको खनाल–नेपाल समूहका कम्तिमा पनि २० जना सांसद्ले राजीनामा दिनु पर्ने हुन्छ । उनीहरुले राजीनामा दिएको अवस्थामा मात्र काङ्ग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बन्न सक्नेछ । तर एमालेको खनाल–नेपाल समूहमा पनि अहिले सांसद् पदबबाट राजीनामा दिने कि नदिने भन्नेमा चर्को बहस भैरहेको छ । यो समूह भित्र पनि राजीनामा दिनुहुन्न पार्टीभित्रै सङ्र्घष गरेर जानु पर्छ भन्ने मत पनि रहँदै आएको छ ।