काठमाडौं – पछिल्लो २४ घण्टामा थप ९ हजार ३ सय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ९ हजार २ सय ३८ र एन्टिजेन विधिबाट ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । यही अवधिमा १ सय ६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४ सय ४४ जना निको भएर घर फर्केका छन् ।
सबैभन्दा बढी काठमाडौंमा ३ हजार २ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ४ सय ४८ र भक्तपुरमा २ सय २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा २४ घण्टामा कूल ३ हजार ९ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।