काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ४ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यससँगै देशभर हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय २५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ जना पुगेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ५ सय ९६ पीसीआर तथा ७ सय २० एन्टिजेन परीक्षण भएको छ । गत २४ घण्टामा ५ हजार २ सय २५ जना डिस्चार्ज भएका छन् ।