पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ४ सय ८३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै २ सय २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ९ हजार २ सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने १ सय ३९ जनाको मृत्यु भएको थियो ।