जनकपुरधाम– महोत्तरीमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका वडा नं. ५ का २९ वर्षीय अक्षय कुमार अर्याल र धादिङको धुनिबेसी नगरपालिका वडा नं. ७ का ३२ वर्षीय सरोज पाण्डे रहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिएका छन् ।
दुवै जनालाई औरही नगरपालिका वडा नं. ४ कठुधारबाट डाइजेल्ड ४४ पिस, नोर्फिन ४४ पिस र फेनेरगन ४३ पिससहित नियन्त्रणमा लिएको प्रवक्ता विष्टले बताएका छन् । उनीहरुलाई महोत्तरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा १० दिनको म्याद लिइ थप अनुसन्धान थालेको महोत्तरी प्रहरीले जनाएको छ ।