काठमाडौं– बयोवृद्ध कम्युनिस्ट नेता मोहन विक्रम सिंहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । हिजो महामन्त्री सिंहमा सङ्क्रमण पुष्टि भएको हो । नेपाल कम्युनिष्ट पार्टी मसालका ८५ वर्षीय महामन्त्री सिंहमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि अहिले घरमा आइसोलेसनमा बसिरहनु भएको छ । प्रतिनिधिसभाका सांसद् तथा महामन्त्री सिंहकी जीवन सङ्गिनी दुर्गा पौडेलका अनुसार सिंहको स्वास्थ अवस्था सामान्य रहेको छ ।