काठमाडौं – स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप खरिद प्रकरणमा कसैलाई कमिसन नदिएको र दिने अवस्थासमेत नरहेको दाबी गर्नु भएको छ । सञ्चारकर्मीहरुसँग एक भर्च्युअल अन्तरक्रिया गर्दै सञ्चारमन्त्री त्रिपाठीले भारतीय खोप चार डलरका दरले किनेको र कसैले त्योभन्दा कममा दिने भए नेपाल सरकारले १ करोड डोज खोप किन्ने दाबी समेत गर्नु भएको छ ।
‘चार डलरमा खोप पाउनुले यसमा भ्रष्टाचार नभएको उहाँको दाबी छ । सरकारले सोझै उत्पादक कम्पनीसँग खोप खरिद गरेकाले भ्रष्टाचारको सम्भावना छैन ।’