काठमाडौं– कामचलाउ सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले खोप खरिद प्रकरणमा कसैलाई कमिसन नदिएको र दिने अवस्थासमेत नरहेको बताउनु भएको छ । नवसञ्चार अनलाईनले सोधेको एक प्रश्नको जवाफमा मन्त्री त्रिपाठीले उक्त अभिव्यक्ति दिनु भएको हो ।
मन्त्री त्रिपाठीले ‘भारतीय खोप चार अमेरिकी डलरका दरले किनेको र कसैले त्योभन्दा कममा दिनसक्ने भए सरकारले १ करोड डोज खोप किन्ने’ दाबी समेत गर्नुभयो । सरकारले सोझै उत्पादक कम्पनीसँग खोप खरिद गरेकाले भ्रष्टाचारको सम्भावना नरहेको भन्दै ‘चार डलरमा खोप पाउनुले यसमा भ्रष्टाचार नभएको मन्त्री त्रिपाठीले जिकिर गर्नुभयो ।