काठमाडौं – काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज मङ्गलबार बसेको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ । यसअघि बैशाख १६ गतेदेखि निषेधाज्ञा गरिएको थियो ।