काठमाडौं – सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएपछि राष्ट्रपतिबाट बहुमतको सरकार गठनका लागि वैशाख ३० गतेसम्मको समय दिएर आह्वान भएको छ । नयाँ सरकार गठनको पहलमा रहेका प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल हुँदै छ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डबीच देउवा निवास बुढानिलकण्ठमा वार्ता भइरहेको छ । 
उहाँहरुबिच नयाँ सरकार गठनका लागि जुटाउनु पर्ने बहुमतलाई लिएर छलफल केन्द्रीत भएको जनाइएको छ । प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी तथा जसपा मिलेर सरकार बनाउने पहल थालेको बताइएता पनि जसपा भित्रको आन्तरिक मतभेदले गठबन्धनलाई समस्या पैदा गर्ने देखिएको छ ।