काठमाडौं– अहिले केहीबेर अघिमात्र प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भए पछि अहिले मन्त्रिपरिषद्को बैठक सुरु भएको हो । प्रधानमन्त्रीले आज संसदबाट विश्वासको मत लिन विशेष अधिवेशन बोलाउनु भएको थियो । प्रधानमन्त्रीको पक्षमा जम्मा ९३ मत खसेपछि तत्काल मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो । बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री बिष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, यातायातमन्त्री बसन्त नेम्वाङ ,भुमिसुधारमन्त्री शिवमाया तुम्वाहाम्फे, कानुनमन्त्री कृष्णगोपाल श्रेष्ठ ,मुख्यसचिव शंकरदास बैरागी लगायत १६ जना सहभागी छन् ।