काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २ सय ७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै १ सय ३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार ८ हजार ८ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो । पीसीआर विधिबाट १७ हजार ६ सय २३ र एन्टिजेन विधिबाट ७ सय ८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २ सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या ४ लाख नाघेको छ । सोमबार सम्म कोरोनाबाट सङ्क्रमित हुनेको संख्या ४ लाख ३ हजार ७ सय ९४ जना पुगेको छ भने निको हुनेको संख्या ३ लाख ६ हजार ७ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ जना निको भएका छन् भने मृतकको कुल संख्या ३ हजार ८ सय ५९ पुगेको छ । यस्तै हाल देशभर सक्रिय सङ्क्रमित संख्या ९३ हजार १ सय ४१ पुगेको छ ।