काठमाडौं – सरकारले एक महिना स्वास्थ्य सङ्कटकाल लगाउने तयारी गरेको छ । सो अनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ । शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव लगायत शीतल निवास पुगेका छन् । देशमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएर अवस्था भयावह भएपछि सरकारले सङ्कटकाल घोषणा गर्नेगरी सिफारिस गरेको हो । यस्तै संसदको विशेष अधिवेशन अन्तको ड्राफ्ट पनि तयार भएको बताइएको छ ।