काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लिन चाहेको विश्वासको मतको पक्ष विपक्षमा मत विभाजन सुुरु भएको छ । संविधानको धारा १०० (१) अनुसार ओलीले आफूमाथि सदनको विश्वास स्पष्ट गर्नका लागि फ्लोरमा जानु भएको हो । अहिले संसदमा विभाजन घण्टी पनि सांसदहरुले मत दिन सुरु गरेका छन् । मतदानका लागि पक्षमा मत दिनेका लागि ‘हुन्छ’ विपक्षमा मत दिनेलाई ‘हुन्न’ र तटस्थ बस्ने सांसदहरुले ‘मत दिन्न’ भन्ने पुष्तिकामा हस्ताक्षर गर्नेछन् ।
काङ्ग्रेस, माओवादी, जसापको उपेन्द्र यादव पक्षले ओलीको विपक्षमा मतदान गर्दैछन् भने एमालेकै माधवकुमार नेपाल पक्ष उपस्थित भएको छैन । जसपाको महन्थ ठाकुर पक्ष तटस्थ बस्ने भएको छ । ओलीले विश्वासको मत पाउन १ सय ३६ जना सासदले पक्षमा मतदान गर्नुपर्छ ।