काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक कोभिड–१९ को तीब्र सङ्क्रमणको सङ्कटमा फसिरहेको अवस्थामा पनि कोही कसैले भ्रष्टाचार सोच्छ र गर्छ भने त्यसलाई नछाड्ने बताउनु भएको छ । मुलुक सङ्क्रमणसँग जुधेर कोरोना रोकथाम र उपचारमा जुटिरहेको अवस्थामा पनि कसैले अनुचित सोच्छ भने त्यस्तो गतिविधि क्षमा नहुने र त्यस्तालाई कडा भन्दा कडा कारबाही गरिने बताउनु भएको छ ।
आज सोमबार प्रतिनिधिसभा संसदमा सरकारको विश्वासको मत लिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल त्यस्तो देश हो जसले कोभिड विरुद्धको भ्याक्सिन उत्पादन नगरेपनि प्रयोग गर्ने पहिलो मुलुक बनेको दाबी गर्नु भएको छ ।