काठमाडौं – नेकपा एमालेको खनाल–नेपाल समूहका सांसद्हरू संसद्मा अनुपस्थित भएका छन् । सोमबार सिंहदरबारमा बसेको नेपाल समूहका सांसद्हरुको बैठकले प्रधानमन्त्रीले विश्वासको मत दिने प्रयोजनका लागि बोलाइएको संसद् बैठकमा अनुपस्थित हुने निर्णय गरेको थियो ।
सोही अनुसार सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरु सहभागी भएनन् । नेपाल समूहका कति जना सांसद अनुपस्थित भएका छन् भन्ने खुलेको छैन । प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल नेकपा एमालेको लहरमा खनाल–नेपाल पक्षका सांसदको सिट खाली देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद बैठकमा बोल्दै आफूलाई विश्वासको मत मागेका छन् ।