काठमाडौँ – उपत्यकामा १६ गतेदेखि गरिएको निषेधाज्ञा पुनः १५ दिन लम्बिने भएको छ । दोस्रोपटक थपिएको निषेधाज्ञाको अवधि वैशाख २९ गते सकिंदै छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले काठमाडौंमा निषेधाज्ञाको अवधी थप १५ दिन लम्ब्याउने निर्णय गरेको हो । अब जेठ १२ गतेसम्म निषेधाज्ञा कायम रहने भएको छ ।