काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । आजै संसद्मा विश्वासको मत लिन लाग्नु भएको ओलीले साँझ ५ बजे का लागि मन्त्रिपरिषदको बैठक बोलाउनु भएको हो । 
आफूले विश्वासको मत नपाउने अङ्क गणित देखिएको बेला उहाँले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एक मन्त्रीका अनुसार साँझ बैठक बोलाइएता पनि एजेण्डाबारे भने जानकारी नभएको बताउनु भएको छ ।