काठमाडौं – प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु भएको छ । पहिलो चरणमा सुरु भएको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । दोस्रो चरणको बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकारमाथि विश्वास रहे नरहेको बारे मत लिनु हुनेछ । पहिलो चरणको बैठकमा राष्ट्रपतिको पत्र बाचन गरिनुका साथै अध्यक्षको मनोनयन गरिएको थियो ।