काठमाडौं – नेकपा एमालेको खनाल–नेपाल समूहका २२ सांसद् आजको प्रतिनिधि सभा बैठकमा सहभागी नहुने भएका छन् । एमाले नेता भीम रावलले पार्टीका २२ सांसद् आजको बैठकमा सहभागी नहुने जानकारी दिनुभएको छ । प्रतिनिधि सभा बैठक अघि सिंहदरबारमा बसेको सो समूहका सांसद्हरुको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको नेता रावलले जानकारी दिनुभयो ।
रावलले बताउनु भयो, ‘आफूले विश्वासको मत लिने एक दिनमात्र बाँकी रहँदा संवैधानिक परिषद बैठक बोलाएर स्वेच्छाचारी नियुक्ति गर्ने ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने, राजनीतिक स्थिरतालाई कमजोर हुने हुदा बैठकमा उपस्थित नहुने निर्णय गरेका छौ’ ।