काठमाडौं – नेकपा एमालेको खनाल–नेपाल पक्षका सांसद्हरु आजको प्रतिनिधि सभा बैठकमा सहभागी नहुने भएका छन् । प्रतिनिधि सभा बैठक अघि सिंहदरबारमा बसेको उक्त पक्षका सांसद्हरुको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको नेता भीम रावलले जानकारी दिनु भएको छ । 
    नेता रावलका अनुसार,‘आफूले विश्वासको मत लिने एक दिनमात्र बाँकी रहँदा संवैधानिक परिषद् बैठक बोलाएर स्वेच्छाचारी नियुक्ति गर्ने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउनु र राजनीतिक स्थिरतालाई कमजोर पार्नु बराबर हुने हुदाँ बैठकमा उपस्थित नहुने निर्णय गरेका छौ’ ।